विधामा राम्रो सफलता प्राप्त
व्यक्तिको जन्म लग्न कुण्डलीमा सूर्य ग्रह अंक १ वा ५ अथवा मित्र राशिको घरमा होलान् ती व्यक्ति सिविल, इलेक्ट्रिकल इन्जिनियर हुन्छन्
जो व्यक्तिको चन्द्रमा अंक राशि २, ४, ७, ९, १२ मध्ये कुनैमा होलान् त्यस्ता व्यक्तिले बायोलोजी माइक्रोवायोलोजी, समाजशास्त्र, इतिहास, फुड टेक्नोलोजी, फार्मेसी, होटल व्यवस्थापनमध्ये कुनै विषय पढेमा राम्रो सफलता मिल्ने हुन्छ।
यदि जन्मलग्न कुण्डलीमा मंगल ग्रह अंक १ वा ८ मा होस् अथवा अंक ५, ७, ९, १० मध्ये कुनैमा होस् साथमा राहु अथवा केतु नहोस् निश्चित रुपमा त्यो व्यक्ति मेडिकल डाक्टर हुन्छ। वरिष्ठ फिजिसियन डाक्टर मंगल ग्रह मजबूत हुनेहरु पाइएका छन्।
जो व्यक्तिको जन्मलग्न कुण्डलीमा बुध ग्रह अंक ३ वा ६ अथवा, अंक ७ मा होला ती व्यक्ति कमर्श, एजुकेशन, सि.ए. पढ्ने हुन्छन्। दोस्रो वैकल्पिक विषयमा अर्थशास्त्र, ग्रामीण अर्थशास्त्र, जनसंख्या पढ्ने हुन्छन्। कुनै व्यक्तिले गणित मेजर विषय लिएर पढ्ने हुन्छन्।
यदि कुनै व्यक्तिको जन्मलग्न कुण्डलीमा शुक्र ग्रह अंक २, ७ मध्ये कुनैमा होस् अथवा अंक १२ मा होस् तब त्यो व्यक्ति होटल व्यवस्थापन, कानून, मेजर नेपालीमध्ये कुनै पढ्ने हुन्छन्। सफलता यिनै विषयमा मिल्ने गर्दछ।
यदि कसैको जन्मलग्न कुण्डलीमा शनि ग्रह अंक ७ या २ अथवा अंक ११ मा भएमा मेजर अंग्रेजी लिएर पढेमा अति राम्रो सफलता पाइन्छ। राहु ग्रह अंक ३ वा ४ मा भएमा त्यस्ता व्यक्ति डेन्टल विज्ञान र वन विज्ञान पढ्ने वाला हुन्छन्। जसको जन्मलग्न कुण्डलीमा केतु अंक ९ मा या २ मा होला त्यस्ता व्यक्ति माइनिङ उत्खनन् विधामा राम्रो सफलता प्राप्त गर्ने हुन्छन्।
Post a Comment