भ्यालेन्टाइन कस्तो हुन्छ यो वर्ष (भविष्यवाणी सहित)
![]() |
Click Here |
-मेष तुला राशिसँगको सम्बन्ध उत्कृष्ठ हुन्छ । आफ्नो प्रेमसम्बन्धलाई प्रगाढ बनाउन यो वर्षभरीनै नीलो रंग प्रयोग गर्नु उपयुक्त हुन्छ । मेष राशिका लागि यो वर्ष प्रेमका दृष्टिले उत्कृष्ठ छ । भ्यालेन्टाइन राशि : कन्या भ्यालेन्टाइन अंक : ९ र १ भ्यालेन्टाइन रंग : नीलो -वृष यो भ्यालेन्टाइन वर्ष वृष राशिहरुका लागि त्यति अनुकूल देखिदैन । प्रेमसम्बन्धमा बाधाहरु सिर्जना हुने सम्भावना धेरै छ । मंगलबार र शुक्रबारको ब्रतले प्रेममा सुधार ल्याउन सक्छ । भ्यालेन्टाइन राशि : कर्कट र तुला भ्यालेन्टाइन अंक : १ र ७ भ्यालेन्टाइन रंग : पहेलो र हरियो -मिथुन नयाँ प्रेमि प्रेमिकाहरुको साथ मिल्ने छ । यो वर्ष आफ्नो प्रेम सम्बन्धलाई विवाह बन्धनमा गास्ने राम्रो अवसर छ । भ्यालेन्टाइन राशि : वृष भ्यालेन्टाइन अंक : ९ र ३ भ्यालेन्टाइन रंग : हरियो -कर्कट प्रेमसम्बन्धमा विभिन्न प्रकारका बाधाहरु देखा पर्न सक्छन् । त्यसलाई हटाउन ३ मुखे रुद्राक्ष धारण गर्न सकिन्छ । भ्यालेन्टाइन राशि : मीन भ्यालेन्टाइन अंक : ९ र ३ भ्यालेन्टाइन रंग : रातो -सिंह विवाहितहरुको प्रेमसम्बनध सुमधुर छ । तर, अविवाहित प्रेमसम्बन्धमा भने वियोग हुन सक्छ । जसलाई हटाउन शुक्रबार विहान ४, ५ बजेको अमृत समयमा मह सेवन गर्नु उपयुक्त हुन्छ । भ्यालेन्टाइन राशि : मेष र तुला भ्यालेन्टाइन अंक : ७ र ५ भ्यालेन्टाइन रंग : पहेंलो, रातो -कन्या प्रेमसम्बन्धलाई सुमधुर तुल्याउन शनिबारको दिन पीपलमा जल चढाउनु उपयुक्त हुन्छ । किनभने शनिले प्रेममा बाधा खडा गर्न सक्छ । भ्यालेन्टाइन राशि : वृष, मिथुन भ्यालेन्टाइन अंक : ९ र ५ भ्यालेन्टाइन : गुलाफी -तुला तुला राशि भएकाहरुका लागि यो भ्यालेन्टाइन वर्ष प्रेमका दृष्टिले सकारात्मक छ । प्रेमसम्बन्धमा सुधार आउने छ भने प्रेमी प्रेमिकाको सहयोगमा सफलता पनि प्राप्त हुने छ । भ्यालेन्टाइन राशि : कन्या भ्यालेन्टाइन अंक : ६ र १ भ्यालेन्टाइन रंग : सुन्तला -वृश्चिक सम्बन्धमा अविश्वास बढ्ने छ । प्रेमी प्रेमिकाबीच धोकाको योग छ । स्थितिमा सुधारका लागि प्रेमी प्रेमिका दुबैले शुक्रबारको दिन पञ्चामृत सेवन गर्नु उपयुक्त हुन्छ । भ्यालेन्टाइन राशि : मकर भ्यालेन्टाइन अंक : ७ र ८ भ्यालेन्टाइन रंग : सेतो, पहेरो -धनु यो भ्यालेन्टाइन वर्षमा धनु राशि हुनेहरुको प्रेमसम्बन्ध उत्कृष्ट रहने छ । विवाहित र अविवाहित दुबै प्रेमसम्बन्धमा सफलताको योग छ । शुक्र ग्रह राम्रो स्थानमा रहेको छ, जसले प्रेमसम्बन्धलाई सफल तुल्याउँछ । भ्यालेन्टाइन राशि : मेष तथा सिंह भ्यालेन्टाइन अंक : ३ र ५ भ्यालेन्टाइन रंग : रातो, सुन्तला -मकर प्रेमसम्बन्ध सामान्य तरिकाले अघि बढ्ने छ । प्रेमी प्रेमिकाको सहयोगले वैदेशिक कार्यमा सफलता प्राप्त हुनेछ, किनभने शनि ग्रह राशिमा सकारात्मक छ । भ्यालेन्टाइन राशि : मिथुन, तुला भ्यालेन्टाइन अंक : ४ र ९ भ्यालेन्टाइन रंग : गाढा तथा रातो -कुम्भ कुम्भ राशि भएकाहरुका लागि यो भ्यालेन्टाइन वर्ष सबैभन्दा राम्रो छ । प्रेमसम्बन्ध वैवाहिक सम्बन्धमा परिणत हुने सम्भावना पनि देखिन्छ । आपसी सहयोगको भावना वागृत हुने छ । भ्यालेन्टाइन राशि : कर्कट तथा तुला भ्यालेन्टाइन हंक : १ र ५ भ्यालेन्टाइन रंग : नीलो तथा पहेलो मीन यो भ्यालेन्टाइन वर्ष त्यति राम्रो देखिँदैन । विछोडको योग पनि । प्रेमसम्बन्धलाई दीर्घजीवी तुल्याउन शुक्रबार शुद्ध रहँदा अर्थात व्रत बस्दा सफलता मिल्न सक्छ । भ्यालेन्टाइन राशि : सिंह तथा कन्या भ्यालेन्टाइन अंक : ५ र ७ भ्यालेन्टाइन रंग : पहेंलो
Post a Comment